२०८३ बैशाख २० गते , आईतबार

माओवादी केन्द्रको स्थायी समितिको बैठक आजपनि बस्दै

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २६ गते , शनिबार
माओवादी केन्द्रको स्थायी समितिको बैठक आजपनि बस्दै

झापा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा आज पनि बस्दैछ हिजोदेखि सुरु भएको बैठक आजपनि जारी रहने माओवादी केन्द्रले जनाएको

बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय नेपाल मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको 'ब्रिफिङ गरेका थिए साथै उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबिच भएको सहमतिबारे छलफल जानकारी गराएका थिए

सम्बन्धित समाचार