२०८३ बैशाख २१ गते , सोमबार

मणि थापा एक बर्षपछि एमालेबाट पदमुक्त, माओवादी मै फर्किने संकेत

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १८ गते , शुक्रबार
मणि थापा एक बर्षपछि एमालेबाट पदमुक्त, माओवादी मै फर्किने संकेत

झापा नेकपा एमालेका स्थायी कमिटी सदस्य पदमुक्त भएका छन् एक बर्षअघि राजिनामा दिएका थापालाई विहीबार पार्टी बैठकले पदमुक्त गरेको हो

एक वर्ष अघि जेठमै पार्टीबाट छुट्टी मागेका थापालाई पदमुक्त गर्न भने एमालेले एक वर्ष लगाएको थापाले उक्त निर्णयलाई स्वागत गरेका छन्

मैले पोहोर भदौ १२ गते नै राजीनामा दिएको थिएँ, उहाँहरुलाई चाँडै निर्णय गरिदिन अनुरोध पनि गरेको थिएँ,’ थापाले भने, ‘पाँचसात महिनाअघि पनि एकपल्ट कुरा भएको थियो तर ढिलो निर्णय भए पनि यसलाई स्वागत गर्छु

थापाले तुरुन्तै कुनै पार्टीमा लाग्ने घोषणा नगरे पनि विगतमा आफूले काम गरेको माओवादीमा फर्कने सामान्य संकेत भने गरेका छन्

उनले भने, ‘राजनीति नै गर्ने हो आफ्नो लिगेसी स्कुलिङभित्र रहनुपर्छ भन्ने ठानेको छु सायद त्यस्तै केही गर्छु होला

विगतमा युद्धकालदेखि नै माओवादीमा रहेका थापा एमाले माओवादी एकतापछि बनेको नेकपाकालमा जोडिँदै एमाले प्रवेश गरेका थिए उनलाई एमाले अध्यक्ष केपी ओलीले स्थायी कमिटी सदस्य बनाएका थिए

तर काभ्रेमा आयोजित एक कार्यक्रममा थापाले नेपालमा सबैजसो ठूला पार्टी दक्षिणपन्थी बनिसकेको भन्दै एमाले पनि त्यसैभित्र रहेको बताएपछि ओली क्रुद्ध भएका थिए

थापाले ओलीको आक्रोशलाई पार्टीभित्र भविष्य नरहेको अर्थमा बुझे पोहोर जेठमै उनले पार्टीभित्र छुट्टी मागेका थिए

सम्बन्धित समाचार