२०८३ बैशाख २१ गते , सोमबार

रविले सोधे- मध्य रातमा भएको सहमति कसलाई जोगाउन हो ?

sajilo news
परिवेश मिडिया
२०८१ असार २८ गते , शुक्रबार
रविले सोधे- मध्य रातमा भएको सहमति कसलाई जोगाउन हो ?

काठमाण्डौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस-एमालेबीच भएको सहमति संविधान जोगाउन नभएको बताएका छन्

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा गृहमन्त्रीसमेत रहेका लामिछानेले रातिमा भएको सहमति शंकास्पद भएको बताए

जब अनुसन्धानको सुई कसैको ढोकामा ढकढक्याउन गयो, तब कांग्रेस एमालेलाई संविधानको चिन्ता लागेको उनले बताए सार्वजनिक समेत नभएको त्यो सहमति संविधान जोगाउन नभएको भन्दै उनले भने, ‘संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमति आइएपछि खुल्ला

ठूला दलहरु मिल्दा लोकतन्त्रलाई असर गर्ने होइन भन्ने चिन्ता रहेको समेत उनले बताए

लामिछानेले कांग्रेस एमाले बीच १७ असारको मध्यराति भएको सहमति शंकास्पद रहेको टिप्पणी गरे

मध्यरातमा व्यापारीको घरमा भएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने कारण उनले खोजे विना जानकारीको यो सहमति राष्ट्रलाई थाहा , सहमति गर्ने राजनीतिक दलका सांसदलाई थाहा नेताहरुलाई थाहा ,’ लामिछानेले भने, ‘मध्यरातमा व्यापारीको घरमा गर्नुपर्ने यो कस्तो सहमति हो ?

सम्बन्धित समाचार