२०८३ बैशाख २१ गते , सोमबार

संगठित भ्रष्टाचारीलाई संरक्षण गर्न गठबन्धन तोडियो : नेता गजुरेल

sajilo news
परिवेश मिडिया
२०८१ असार २२ गते , शनिबार
संगठित भ्रष्टाचारीलाई संरक्षण गर्न गठबन्धन तोडियो :  नेता गजुरेल

दमक । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले बामपन्थी एकताको सरकारलाई तोड्दै नयाँ गठबन्धन बनाएर सत्तामा रमाउन खोज्नु एमाले अध्यक्ष केपी ओलीको चाल ठीक नभएको बताएका छन् ।
शुक्रबार केरखामा आयोजित खुला दौड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गजुरेलले ०८४ सम्म बामपन्थी सरकार एक भएर जनताले चाहेको अधिकार प्रदान गर्दै जाने र ०७२ को संविधानलाई पूर्ण पालना गराउन भनी भएको बाम गठबन्धन अध्यक्ष ओलीले तोडेको आरोप लगाए ।
नेता गजुरेलले इतिहासको गल्तीबाट शिक्षा लिनुभन्दा पनि त्यही गल्तीलाई पुनरावृत्ति गरी जनताले ल्याएको संविधानलाई लत्याउने काम भए स्वीकार्य नहुने बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र र बहुधार्मिक, बहुसांस्कृतिक पहिचानयुक्त समाजलाई कसैको तागतले तोड्न नसक्ने बताउँदै कांग्रेससँग भएको गठबन्धन संगठित भ्रष्टाचारीलाई संरक्षण गर्न र जनताको बलिदानीबाट प्राप्त अधिकारलाई कुल्चिनका लागि बनेको गठबन्धन स्वीकार्य नहुने बताए ।
नेकपा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ले पूर्वेली संगठन सुदृढिकरण अभियान अन्तर्गत अगाडि बढेको नेकपा माओवादी केन्द्रको संगठन विस्तारबाट आत्तिएर बामपन्थी सत्ता समिकरण तोड्ने एमालेको क्रियाकलाप भावी दिनका लागि विश्वासिलो नभएको बताए ।
उनले अभियानमै झापाको दमकले लाखौं उत्पादन दिने फलफूलका विरुवा वितरण गरेर दमकमा जुन छाप छाडेको छ, यो ऐतिहासिक कार्य भएको पनि बताए ।

सम्बन्धित समाचार