२०८३ बैशाख २१ गते , सोमबार
प्रधानमन्त्रीको आग्रहपछि रास्वपाका मन्त्रीले दिएनन् राजिनामा
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोग गर्न आग्रह गरेपछि रास्वपाका मन्त्रीहरू राजीनामा नबुझाई बालुवाटारबाट फर्केका छन् । एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा रास्वपाका मन्त्रीहरू राजीनामा दिने तयारी स्वरुप प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान बालुवाटार गएका थिए ।
प्रधाममन्त्री दाहालले आफू विश्वासको मत लिने प्रक्रियामा लाग्ने भएकाले त्यसमा सहयोग गर्न रास्वपाका मन्त्रीहरूलाई आग्रह गरे । त्यसपछि रास्वपाले दाहाललाई सहयोग गर्न भन्दै मन्त्रीको राजीनामा स्थगित गरेको हो ।
’प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि हामीले मन्त्रीहरूको राजीनामा दिएनौं । छिटो विश्वासको मत लिने प्रक्रियामा लाग्नुहोस् भनेर हामीले भनेका छौैँ,’ रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भने ।