२०८३ बैशाख २१ गते , सोमबार

भ्रष्टाचारको फाइल खोलेपछि एक रातपनि टिक्न दिएनन्ः गृहमन्त्री लामिछाने

sajilo news
परिवेश मिडिया
२०८१ असार १८ गते , मंगलबार
भ्रष्टाचारको फाइल खोलेपछि एक रातपनि टिक्न दिएनन्ः गृहमन्त्री लामिछाने

झापा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि कांग्रेस नेकपा (एमाले) को बीचमा नयाँ गठबन्धन बनेको बताएका छन्

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको दाबी गरे

उनले भने, ’तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो, फाइल खोल्नुपर्यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो मैले के भन्नु र !,’

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकाले हो गठबन्धन फेरबदल भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले बेचैनी पैदा भएको बताए।

बेचैनीको अरू के अर्थ होला र ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने, सबैले बुझेकै कुरा हो ठिक अहिले मलाई केही पनि भन्न छैन संवैधानिक प्रक्रियाहरू सुरू होला। यस पछाडि अरू कुराहरू गर्ने छँदैछ,’ उनले भने

सम्बन्धित समाचार