२०८३ बैशाख २१ गते , सोमबार
एमाले फिर्ता बोलायो आफ्नो मन्त्री
झापा । नेकपा एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ ।
नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएसँगै मंगलबार पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निणर्य गरेको हो ।
बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल भएको थियो ।
सोमबार मध्यरात, मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका थिए ।