२०८३ बैशाख २१ गते , सोमबार

बेचन झा पक्राउ परेपछि कांग्रेस ‘बेचैन’ बन्यो : बर्षमान पुन

sajilo news
परिवेश मिडिया
२०८१ असार १८ गते , मंगलबार
बेचन झा पक्राउ परेपछि कांग्रेस ‘बेचैन’ बन्यो : बर्षमान पुन

काठमाण्डौ नेपाली कांग्रेस नेकपा एमालेसहितको सत्ता समीकरण फेरबदल गर्ने सहमति भएसँगै माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुनले आफू प्रतिपक्षमा बस्ने बताएका छन् साथै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेकोमा आश्चर्य व्यक्त गरेका छन्

सोमबार साँझ कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेका अध्यक्ष ओलीबिच सत्ता सहकार्य गर्ने सहमति गरेर मध्यरातमा राष्ट्रपति भेट्न शीतल निवास पुगेपछि मन्त्री पुनले आश्चर्य व्यक्त गरेका हुन् प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बाहिर आएका विषय सबै भ्रम हुन्, यही गठबन्धनलाई अझ बलियो बनाएर ०८४ को चुनावसम्म लैजाने चुनावपछि पार्टी एकता गर्ने प्रधानमन्त्री प्रचण्डलाई भन्दै ओलीले ढुक्क हुन भन्नुभएको थियो,’ पुनले भने

दिउँसो दुई जना अध्यक्ष बसेर यो गठबन्धन बलियो हुन्छ भन्नुभएको हो चुनावसम्म सँगै जाने, चुनावपछि पार्टी एकता गर्ने भनेका थिए बाहिर आएका हल्ला केही होइन भ्रम फैलाइयो भन्नुभएको थियो कसलाई विश्वास गर्ने ? सहमति गरेको भए प्रतिपक्षमा बसौँला,’ मन्त्री पुनले भने

राति एमालेका उपाध्यक्ष विष्णु पौडेल महासचिव शंकर पोखरेलसँग सम्पर्क हुँदासमेत त्यस्तो केही नभएको बाहिर आएको भ्रमबारे वक्तव्य निकाल्ने जानकारी दिएको उनले बताए

साथै नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि प्रमुख प्रतिपक्षी कांग्रेस आत्तिएर समीकरण फेरबदलमा लागेको पुनले आरोप लगाए समस्या बजेटमा होइन बेचन झाबाट समस्या भएको हो झा पक्राउ परेपछि कांग्रेस साह्रै डरायो प्रहरीको प्रतिवेदनमा कांग्रेसका शीर्ष नेता संलग्न रहेको उल्लेख , मन्त्री पुनले भने यस विषयमा पार्टीको बैठक बसेर थप निणर्य लिने पुनले बताए

शनिबार ओली निवास बालकोटमा सत्ता समीकरण फेरबदलको विषयमा देउवा ओलीबिच छलफल भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबार सोमबार लगातार छलफल गरेका थिए अहिलेकै गठबन्धनलाई थप बलियो बनाएर जाने सहमति गरेका थिए सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री प्रचण्डले अहिलेकै गठबन्धन कायम रहने ब्रिफिङ गरेका थिए सत्ता समीकरण बदलिएसँगै ओलीले २०७९ फागुनमा तीन महिना नपुग्दै सरकारबाट बाहिरिएको बदला प्रचण्डसँग लिएका छन् त्यति बेला कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिए देउवालाई झुक्क्याएजस्तै गरी यस पटक ओलीले प्रचण्डलाई जिल्याएका छन्

सम्बन्धित समाचार