२०८३ बैशाख २१ गते , सोमबार

सत्ता साझेदार दलबीच सम्बन्ध सुमधुर बनाउने विषयमा प्रचण्ड र ओलीबिच छलफल

sajilo news
परिवेश मिडिया
२०८१ असार १७ गते , सोमबार
सत्ता साझेदार दलबीच सम्बन्ध सुमधुर बनाउने विषयमा प्रचण्ड र ओलीबिच छलफल

काठमाण्डौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट समसामयिक राजनीतिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको

भेटमा भएको छलफलको विषय सार्वजनिक भएको छैन तर प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सरकारको कामकारबाहीबारे छलफल भएको बताए

सरकारका कामलाई गतिशील/व्यवस्थित ढंगले अघि बढाउने सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल भयो,’ मल्लले भने, ‘समग्रमा छलफल एकदमै राम्रो भएको

नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रचण्ड ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण मानिएको ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएका समाचार सार्वजनिक हुँदै आएका छन्

यसबीचमा आइतबार पनि प्रचण्ड ओलीबीच सिंहदरबारमा छलफल भएको थियो उनीहरूबीच छलफल भइरहेका बेला रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने पनि पुगेका थिए

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्ल भने सत्ता समीकरणमा फेरबदल आउने भनेर चलेको हल्ला सत्य नभएको बताउँछन् उनले भने, ‘बाहिर चलेका कुरा सबै हल्ला मात्र हुन्

सम्बन्धित समाचार