२०८३ बैशाख २१ गते , सोमबार

नेकपा एसको राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा

sajilo news
परिवेश मिडिया
२०८१ असार १६ गते , आईतबार
नेकपा एसको राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा

झापा नेकपा (एकीकृत समाजवादी)को  दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना  हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी साङ्गठनिक प्रतिवेदनमा छलफल हुने

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए   ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ जनअधिकारको पक्षमा महत्वपूणर् हुने उनले विश्वास व्यक्त गरेका छन्

महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन्   ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन्

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको

करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको   एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो

सम्बन्धित समाचार