२०८३ बैशाख २१ गते , सोमबार

माओवादी केन्द्र बिर्तामोड-४ को अधिवेशन सम्पन्न, अध्यक्षमा राकेश सिंह

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २८ गते , सोमबार
माओवादी केन्द्र बिर्तामोड-४ को अधिवेशन सम्पन्न, अध्यक्षमा राकेश सिंह

बिर्तामोड नेकपा माओवादी केन्द्र बिर्तामोड वडा नम्बर को अधिवेशन सम्पन्न भएको सोमबार सम्पन्न अधिवेशनबाट राकेशकुमार सिंह अध्यक्षमा चयन भएका छन्

उपाध्यक्षमा क्रमशः धनसिंह राजवंशी शशिधर भट्टराई चयन भएका छन् सचिवमा छवि तिवारी, कोषाध्यक्षमा शारदा राई राजवंशी सहसचिवमा कुलप्रसाद गदाईली चयन भएको अध्यक्ष मण्डलका संयोजक शिखरनाथ कडरियाले जानकारी दिए

समितिको सदस्यहरुमा इश्वरा भट्टराई, राधिका चौधरी, खेमनाथ अधिकारी, चन्द्रप्रसाद राजवंशी, सुरेश उराऊ, सुरेन राजवंशी, अभिकेशर दाहाल, मेघनाथ राजवंशी, चनसिंह राजवंशी, अमित पाठक, देविप्रसाद नेम्बाङ, अर्जुन सुवेदी, श्याम मुर्मु शान्तिकुमार कडरिया चयन भएका छन्

पच्चीस सदस्यीय समितिमध्ये २० जना अधिवेशनबाट चयन भएको बाँकी सदस्य मनोनीत गरिने नव निवार्चित अध्यक्ष राकेश सिंहले जानकारी दिए

माओवादी केन्द्रको पूर्वेली संगठन सुदृढीकरण अभियान तीब्रताका साथ सञ्चालन भइरहेको सोहि अभियान अन्तर्गत वडा अधिवेशनहरु भइरहेको बिर्तामोड-४ का अभियान प्रमुख तथा बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरियाले जानकारी लिए

अधिवेशनबाट १५ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारीको समेत घोषणा गरिएको थियो अनेम संघ क्रान्तिकारी बिर्तामोड नगर अध्यक्ष रिता मिश्रले समितिको नाम प्रस्ताव गरेकी थिइन्

मेनुकादेवि सिंह, इश्वरा जबेगु, चन्द्रमाया कडरिया, कल्पना बिष्ट, राधिकारी चौधरी, मात्रिकादेवि भट्टराई, निर्मला पाठक, माला ढकाल, इश्वरा भट्टराई, सिता ढकाल, पुनम चौधरी, सुमि मुर्मु, वयदेन मर्डी, सुकी टुडु शेरावती राजवंशीको नाम सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका सदस्य गणेश कालिकोटेले जानकारी दिए समितिको बैठकले सदस्यहरु मध्येबाट पदाधिकारी चयन गर्ने नगर अध्यक्ष मिश्रले जानकारी दिइन्   

नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज झलकसिंह दर्लामी (सन्देश), विशिष्ठ अतिथी तथा पार्टीका केन्द्रीय सदस्य एवम् बिर्तामोड अभियान प्रमुख हरिकुमार राना, अनेम संघ क्रान्तिकारी झापाकी अध्यक्ष तारा श्रेष्ठ लगायतले अविर तथा खदा लगाइदिएका थिए

कार्यक्रमका बिच गणेश भुषाल, कृष्णप्रसाद अधिकारी, विष्णुप्रसाद संग्रौला, धिरेन राजवंशी पदम भट्टराईलाई ज्येष्ठ नागरिक सम्मानबाट सम्मानित गरिएको थियो भने सहिद रोहिणी भट्टराईकी पत्नी मुना बराल भट्टराईलाई समेत सम्मान गरिएको थियो  

वडा संयोजक राकेशकुमार सिंहको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जिल्ला सहइञ्चार्ज सीपी कडरिया, झापा संयोजक राजु आचार्य (अग्नी)लगायतले शुभकामना मन्तव्य राखेका थिए पार्टीका जिल्ला सदस्य ओमप्रकाश श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा पार्टीका प्रदेश सदस्य कुबेर श्रेष्ठ (अरुण), ज्योतिसिंह दर्लामी, नगर उपाध्यक्ष जेबी जबेगु, पार्टीका बिर्तामोड संस्थापक सदस्य जयसिंह राजवंशीलगायत कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको  थियो

 

सम्बन्धित समाचार