सहकारी केन्द्र नेपालको बरिष्ठ उपाध्यक्षमा झापाका भवानी दंगाल निर्वाचित
बिर्तामोड । नेकपा माओवादी केन्द्रको भातृ संगठन सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । जेठ २५ र २६ गते काठमाण्डौमा सम्पन्न सम्मेलनबाट अध्यक्षमा पार्वती थापा चयन भएकी छन् ।
वरिष्ठ उपाध्यक्षमा भवानीप्रसाद दंगाल (भानु) निर्वाचित भएका छन् । दंगाल झापाको बिर्तामोडस्थित प्रधान कार्यालय रहेको हाम्रो नेपाल साकोसका अध्यक्ष तथा जिल्ला सहकारी संघ झापाका सचिव हुन् ।
वरिष्ठ उपाध्यक्ष र खुल्ला सचिवमा निर्वाचन भएको थियो भने अन्य पदहरु सर्वसम्मत भएको थियो । 
सम्मेलनले प्रत्येक प्रदेशबाट एक एक जना उपाध्यक्ष चयन गरेको छ । शंखध्वज नेम्बाङ (कोशी), हिरा थापा (मधेश), विष्णुहरी ढकाल (बागमती), चन्द्राकुमारी पराजुली (गण्डकी), सन्दिप सापकोटा (लुम्बिनी), पार्वती थापा ‘आस्था’ (कर्णाली) र उर्मिला चौधरी (सुदुरपश्चिम) बाट उपाध्यक्ष चयन भएकी छन् ।
इश्वरीप्रसाद पाण्डे महासचिवमा चयन भएका छन् भने सचिवमा ढुण्डीराज गुरागाई, काशी महतो, मनोज थापा, विष्णु शर्मा र योगेश ढकाल चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा लक्ष्मण महर्जन चयन भएका छन् ।
सम्मेलनले ६५ सदस्यीय समितिमध्ये ५६ जना चयन गरेको र ९ जना मनोनयन गरिने वरिष्ठ उपाध्यक्ष दंगालले जानकारी दिए ।
कोटेश्वरमा भएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । कार्यक्रममा देशभरबाट ५७७ जना प्रतिनिधी सहभागी भएका थिए ।