२०८३ बैशाख २१ गते , सोमबार

थप बलियो बन्दै सत्ता गठबन्धन, नाउपा र जनमतपनि सरकारमा जाने

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २२ गते , मंगलबार
थप बलियो बन्दै सत्ता गठबन्धन, नाउपा र जनमतपनि सरकारमा जाने

झापा सत्ता साझेदार शीर्ष नेताहरुबीच सोमबार भएको सहमतिले गठबन्धन थप बलियो बन्ने भएको दलहरुबिच संघीय मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रदेश सरकारलाई पूर्णता दिने सहमति जुटेको सँगै सत्ता गठबन्धन थप बलियो बन्न लागेको हो

सोमबार भएको शीर्ष नेताहरुको भेटवार्ताबाट संघको मन्त्रिपरिषद् पुनर्गठन प्रदेश सरकारहरुलाई पूर्णता दिने सहमति जुटेको हो सहमति जुटाउन सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एक्लै एक्लै सामूहिक भेट गरेका थिए

अन्ततः तीनै जना सँगै बसेर अहिलेकै सत्ता समीकरणलाई बलियो बनाएर जान संघ प्रदेशहरुको सरकारबारे सहमति जुटेको स्रोतले जनायो प्रधानमन्त्री प्रचण्डले जेठमा चौथोपटक विश्वासको मत लिएपछि आफू नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रदेश सरकारहरुलाई पूर्णता दिने गृहकार्य थालेका थिए

किनकि चौथोपटक विश्वासको मत लिँदा सत्ता समीकरणमै केही परिवर्तन आएको थियो फेरिएको सत्ता समीकरण जोगाइरहन प्रधानमन्त्री प्रचण्डलाई जनमत, नागरिक उन्मुक्ति पार्टी (नाउपा) जसपा नेपाल फुटाएर अशोक राईले बनाएको जसपालाई सरकारमा ल्याउनुपर्ने थियो

उपेन्द्र यादवले सरकार छोडेपछि रिक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री स्वास्थ्य राज्यमन्त्रीमा अशोक राई नेतृत्वको पार्टीबाट मन्त्रीहरु बनिसकेपनि जनमत नाउपा सरकारमा बाहिरै छन् उनीहरुलाई समेत सरकारमा ल्याउन सत्ता साझेदार नेकपा एमाले माओवादी केन्द्रबीच पहिला सहमति जुट्न जरुरी थियो

किनकि गत २१ फागुनमा सत्ता समीकरण फेरिएलगत्तै सबै मन्त्रालयमा मन्त्री नियुक्त भइसकेका थिए अर्थात् जनमत नाउपालाई सरकारमा सहभागी गराउन भएकै मन्त्री पहिले फिर्ता बोलाउनुपथ्र्यो

तर नेपाली कांग्रेससहित विपक्षी दलहरुबाट भइरहेको संसद्को गतिरोध हटाएर बजेट ल्याउनुपर्ने दबावमा प्रधानमन्त्री थिए सहमति जुटाएर बजेट ल्याउन प्रचण्डले लगातार विपक्षी सत्ता साझेदारहरुबीच छलफल गरेका थिए

बजेट आएपछि भने प्रधानमन्त्री प्रचण्डले फेरि सत्ता समीकरण टिकाउन मन्त्रिपरिषद् पुनर्गठन प्रदेश सरकारलाई पूर्णता दिनेबारे छलफल थालेका थिए अन्नतः जनमत नाउपालाई सरकारमा सहभागी गराउन एमाले माओवादी केन्द्रबीच सहमति जुटेको एक नेताले बताए

उनका अनुसार, एमाले माओवादीबाट अब एकरएक जना मन्त्री फिर्ता हुनेछन् माओवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय रिक्त गर्ने उक्त मन्त्रालयमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ जाने भएकी छन् नाउपाभित्रै फरक अडान लिएर प्रचण्डलाई साथ दिइरहेकी श्रेष्ठले पनि उक्त मन्त्रालयमा जान लागेको स्वीकारिन्

अर्को एक मन्त्रालय एमालेबाट खाली हुनेछ एमालेबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खाली गर्ने तयारी भएको एमाले स्रोतले जनायो त्यो मन्त्रालय जनमत पार्टीलाई दिने सहमति जुटेको

जनमत, नाउपा अशोक राई नेतृत्वको जसपालाई संघीय मन्त्रिपरिषद्मा सहभागी गराउँदा एकीकृत समाजवादीले भने अहिलेकै मन्त्रालय संख्यामा चित्त बुझाउने छन् यसअघि अध्यक्ष नेपालले एक मन्त्रालय थप गरिनुपर्ने अडान राख्दै आएका थिए

तर सोमबारको छलफलबाट संघसँगै प्रदेश सरकारहरुलाई पनि पूर्णता दिने सहमति जुटेको विशेषगरी एकीकृत समाजवादीसँग सहमति जुटेसँगै प्रदेश सरकारहरुले पूर्णता पाउने भएको हो

सोमबारको सहमति अनुसार कोशी प्रदेशमा एकीकृत समाजवादीबाट एक जना मन्त्री सरकारमा जानेछन् कोशीमा एकीकृत समाजवादी सत्ता बाहिर

मधेशमा एकीकृत समाजवादीको दावी बमोजिम दुई वटै मन्त्रालय छोड्न ओलीप्रचण्ड सहमत भएका छन् त्यहाँ जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् एमाले माओवादी केन्द्रले समर्थन फिर्ता लिएर जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेका छन् तर एकीकृत समाजवादी अझै सरकारमै , उसले साथ नदिँदासम्म सरकार बन्न सक्ने अवस्था छैन

एकीकृत समाजवादीले मधेशमा नयाँ सरकार बनाउन सघाउने भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा एमाले सहभागी हुने सुदूरपश्चिममा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन् एमाले, माओवादी केन्द्र नाउपाको एउटा समूह (रञ्जिता निकट) कै समर्थनमा सोडारी मुख्यमन्त्री बनेपनि एमाले सरकारमा सहभागी भएको थिएन

माओवादी केन्द्रका एक पदाधिकारी, सोमबार शीर्ष नेताहरुबीच जुटेको सहमतिले सत्ता समीकरणमा देखिएको समस्या तत्काललाई हल भएको बताउँछन् बजेट पारित गर्ने निर्णय भइसकेको संघ प्रदेश सरकारले पनि पूर्णता पाउने सहमति जुट्यो ती पदाधिकारी भन्छन्, ‘अब सरकारबारे लिएर चिन्ता गर्नु पर्दैन

सम्बन्धित समाचार