२०८३ बैशाख २१ गते , सोमबार

प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ७ गते , सोमबार
प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत

झापा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा सोमवार विश्वासको मत लिएका छन् । 
२०७९ पुस १० गते प्रधानमन् प्रचण्डले १६ महिनामा चौथोपटक विश्वासको मत लिएका हुन् । पार्टी विभाजनपछि जसपा नेपालले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यता प्रधानमन्त्रीसामु थियो ।
कांग्रेसको अवरोधबीच उनले १५७ सांसदको समर्थन पाए । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत पर्‍यो । नाराबाजी गर्दै वेल घेरेको कांग्रेस भने मतदान प्रक्रियामा सहभागी भएन । राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चा पनि मतदानमा सहभागी भएनन् ।
एमाले सरकारबाट बाहिरिएपछि २०७९ चैत ६ गते दोस्रोपटक प्रचण्डले विश्वासको मत लिएका थिए । दोस्रोपटक १७२ सांसदको समर्थन प्रधानमन्त्रीले पाएका थिए । दोस्रोपटक एमालेसहितको ८९ मत प्रचण्डको विपक्षमा परेको थियो । 
गत फागुन २१ मा कांग्रेस सरकारबाट बाहिरिने र एमाले भित्रिने भएपछि प्रधानमन्त्रीले गत फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका थिए ।
तेस्रोपटक प्रचण्डले १५७ सांसदको समर्थन पाएका थिए । तेस्रोपटक कांग्रेससहित विपक्षमा ११० मत परेको थियो । 
चौथोपटक पनि उनले १५७ सांसदको समर्थन पाएका छन । उपेन्द्र यादवले साथ छाड्दा उनले सीके राउत नेतृत्वको जनमत पार्टीको समर्थन पाएका छन् ।

सम्बन्धित समाचार