२०८३ बैशाख २१ गते , सोमबार

गिरीबन्धु टी इस्टेटको फाइल खोल्न राप्रपाको माग

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ४ गते , शुक्रबार
गिरीबन्धु टी इस्टेटको फाइल खोल्न राप्रपाको माग

झापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गिरीबन्धु टी इस्टेटको फाइल खोल्न माग गरेका छन्

सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पन्छाउन अन्य भ्रष्टाचारका फाइल खोल्ने भनेर बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई उनको सुझाव बार्गेनिङ नगरेर भ्रष्टाचारका फाइल खोल्न उनको आग्रह

शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘गिरीबन्धु टी इस्टेटको फाइल खोलौं, यो गृह मन्त्रालय अन्तर्गत पर्छ काहीँ जान पर्दैन एउटा सिग्नेचर गरेपछि दुई घण्टामा खोलिन्छ

सर्वोच्च अदालतले हालै झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा नहुने फैसला गरेको यो फैसलालाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले समेत प्रश्न उठाउन थालेको

यही बेला राप्रपाले समेत गृहमन्त्रीलाई गिरीबन्धु टी इस्टेट फाइल खोल्न सुझाएका हुन्

सम्बन्धित समाचार