२०८३ बैशाख २१ गते , सोमबार

मन्त्रालय भागबण्डा नमिलेपछि कोशी सरकार विस्तारमा ढिलाई

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ४ गते , शुक्रबार
मन्त्रालय भागबण्डा नमिलेपछि कोशी सरकार विस्तारमा ढिलाई

झापा आजै सरकार विस्तार गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी मन्त्रालय भागबण्डामा सहमति नहुँदा ढिलाई भएको मुख्यमन्त्री कार्कीले एमालेको तर्फबाट सरकार विस्तारको लागि तयारी भएपनि माओवादीबाट थप छलफलको माग भएको बताएका छन्

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज हरिबोल गजुरेलले आफ्नो पार्टीले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउनुपर्ने अडान राखेकोमा सहमति नजुटेपछि आज सरकार विस्तार हुन नसकेको बताए अर्थ मन्त्रालयमा कुरा मिलेको छैन अरू सबै विषय मिलिसकेको हो उनले भने, ‘आजै मन्त्रीमण्डल विस्तार हुने सम्भावना कम भएको

गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले सोही दिन एमालेबाट रामबहादुर राना मगर माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए उनीहरुलाई अहिलेसम्म विभागीय जिम्मेवारी दिइएको छैन

आर्थिक मामिला मन्त्रालय पाएको खण्डमा आफू मन्त्री हुनुपर्ने भन्दै माओवादी सांसद दुर्गाप्रसाद चापागाईंले पहल गरिरहेका छन् तर, एमालेले आर्थिक मामिला मन्त्रालय सरकारको नेतृत्व गर्ने दलले नै राख्नु उपयुक्त हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालय लिन माओवादीलाई आग्रह गरेको एमालेले आर्थिक मामिला एमालेले नै लिनेगरि यसअघि नै करिब सहमति भइसकेको भन्दै माओवादीभित्रको आन्तरिक छलफलको कारण आज सरकार विस्तार हुन नसकेको जनाएको

माओवादीले आर्थिक मामिला मन्त्रालय नपाए उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिने संभावना माओवादीले निवर्तमान मुख्यमन्त्री केदार कार्कीको मन्त्रीमण्डलमा समावेश भएकाहरुलाई नै पुनः मन्त्रीमण्डलमा पठाउने तयारी रहेको यसअघि मन्त्री रहेका उप्रेतीसहित राजेन्द्रकुमार कार्की नारायणबहादुर मगर नै दोहोरिने माओवादीका एक पदाधिकारीले बताए

एमालेबाट पनि खोटाङका पाँचकर्ण राई, मोरङका लिलाबल्लभ अधिकारी झापाका एकराज कार्की मन्त्री बन्ने निश्चित रहेको स्रोतले जनाएको अहिले एउटा मन्त्रालय खाली राख्ने तयारीमा मुख्यमन्त्री छन् सरकारलाई समावेशी बनाउन केहि राज्यमन्त्री बनाउने तयारी मन्त्रीको आकांक्षी रहेका एमालेका सिर्जना राई निरन राई राज्यमन्त्री बन्ने संभावना

यसअघि संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीको सरकारमा सहभागी भएकाहरु नै यसपटक एमालेबाट अवसर पाउने भएका छन् बिहीबार सहमति जुट्न नसकेपनि शुक्रबारसम्ममा सरकार विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले जनाएको

नेकपा (एकीकृत समाजवादी) हाल प्रतिपक्षीमा बसेको यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि आफूलाई मन्त्रीमण्डलमा समावेश गराउनु पर्ने दबाब दिइरहेको बताइएको सोही कारण पनि एक मन्त्रालय खाली राख्नु परेको एमाले स्रोत बताउँछ

मुख्यमन्त्री कार्कीले गत वैशाख ३१ गते विश्वासको मत लिएलगत्तै एक हप्तामा मन्त्रीमण्डलले पूर्णता पाउने बताएका थिए बजेट निर्माण गर्नुपर्ने साथै आर्थिक वर्षको अन्त्यमा बजेट खर्चलाई बढाउनु पर्ने प्रदेश सरकारलाई दबाब सोही कारण पनि मन्त्रीमण्डल विस्तारको काम सकेर बजेट निर्माणमा लाग्ने मुख्यमन्त्रीको तयारी

सम्बन्धित समाचार