२०८३ बैशाख २१ गते , सोमबार

कोशीमा नयाँ सरकार गठन आह्वान माग गर्दै मुख्यमन्त्रीलाई पत्र

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २६ गते , बुधबार
कोशीमा नयाँ सरकार गठन आह्वान माग गर्दै मुख्यमन्त्रीलाई पत्र

झापा । नयाँ सरकार गठन आह्वान माग गर्दै कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र बुझाएका छन् । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोले बुझाएको पत्रमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेको दाबी गरिएको छ ।
०८० असोज २७ गते कोशीको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई नेकपा एमाले र मोओवादीले समर्थन फिर्ता लिइसक्दा पनि विश्वासको मत नलिएको उनीहरुले बताएका छन् ।
उनीहरुले वैशाख ६ गते भएको प्रदेश सभा अधिवेशनमा पनि विश्वासको मत लिन जानकारी दिइएको तर, आफू अल्पमतमा रहेको थाहा हुँदाहुँदै पनि तोकिएको समयावधिभित्र प्रदेश सभा अधिवेशन आह्वान नगरेको आरोप लगाएका छन् ।
नेकपा एमालेले चैत २६ गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थत फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।
पत्रमा भनिएको छ, ‘०८१ वैशाख २५ गते राति १२ बजेबाट माननीय केदार कार्की कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदको संवैधानिक र कानुनी हैसियत स्वतः पदमुक्त भइसक्नु भएको हुँदा नेपालको संविधानबमोजिम नयाँ सरकार गठनका लागि तत्काल उपयुक्त प्रक्रिया प्रारम्भ गर्न माननीयज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं ।’

सम्बन्धित समाचार