२०८३ बैशाख २१ गते , सोमबार

सुहाङको सपथ आज

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २६ गते , बुधबार
सुहाङको सपथ आज

बिर्तामोड इलामको निर्वाचन क्षेत्र नम्बर को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन्

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन्

शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको

वैशाख १५ मा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए

अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो

नेकपा एमालेका उम्मेदवार सुहाङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई हजार ८३० मत अन्तरले पछि पार्दै जित हासिल गरेका थिए

सम्बन्धित समाचार