२०८३ बैशाख २१ गते , सोमबार

जसपा नेपाल फुटाएका राईले दर्ता गरे जसपा

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २४ गते , सोमबार
जसपा नेपाल फुटाएका राईले दर्ता गरे जसपा

झापा । निर्वाचन आयोगले अशोक राई नेतृत्वको दल जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गरेका नेताहरूले आइतबार नयाँ दल 'जनता समाजवादी पार्टी' दर्ताका लागि निवेदन दिएका थिए । आयोगको सोमबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
राजनीतिक दलसम्बन्धी ऐन तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम दल दर्ता गर्ने निर्णय भएको हो ।
जसपाको दल दर्ता नम्बर १९८ रहेको छ । 

सम्बन्धित समाचार