२०८३ बैशाख २१ गते , सोमबार
इलाममा एमालेका नेम्बाङ विजयी, रास्वपाको जमानत जफत
बिर्तामोड । इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।
तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले जमानत जोगाउन असफल भएका छन् । कुल सदर मतको १० प्रतिशत कटाउन नसकेपछि लिम्बूको जमानत जफत भएको हो ।
इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ । तर लिम्बूले ५ हजार ५० भोट मात्र ल्याए ।
नेम्बाङलाई नेकपा माओवादी केन्द्रको समेत समर्थन रहेको थियो ।
यता मिलन लिम्बू नेकपा माओवादी केन्द्रको सुभेच्छुक संस्था प्रेस सेन्टर नेपालको केन्द्रिय सचिवबाट राजिनामा दिएर रास्वपाबाट उम्मेदवार बनेका थिए ।