२०८३ बैशाख २१ गते , सोमबार
इलाममा मतान्तर बढाउँदै सुहाङ, डाकप्रसादले खाता खोल्नै सकेनन्
बिर्तामोड । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर क्रमशः फराकिलो बनाउँदै लगेका छन् । शुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई नेम्बाङले ३०५९ मतले पछि पारेका हुन् ।
फाकफोकथुम, चुलाचुली र माङसेबुङको वडा नम्बर १,२ र ३ को गणना भईसक्दा नेकपा एमालेका उम्मेदवार नेम्बाङले १०००३, नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६९४४, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५५९१ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले १४४३ मत प्राप्त गरेका छन् ।
यता स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले अहिलेसम्म खाता खोल्न सकेका छैनन् ।
सात स्वतन्त्रसहित १९ जनाले उम्मेदवारी दिएका थिए ।