२०८३ बैशाख २१ गते , सोमबार

इलाममा ११ बजेबाट मतगणना सुरु हुने

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १६ गते , आईतबार
इलाममा ११ बजेबाट मतगणना सुरु हुने

इलाम । इलाममा ११ बजेबाट मतगणना गरिने भएको छ । सर्वदलीय बैठकले ११ बजेबाट मतगणना कार्य थाल्ने निर्णय गरेको हो ।
फाकफोकथुम गाउँपालिकाको म त पेटीकाबाट गणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिए ।
फाकफोकथुमपछि क्रमश चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको गणना हुनेछ । सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका दुई स्थानमा मत गणना हुने छ।
मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर ११ वटा सीसीटीभी जडान गरिएको छ। मतगणनाको नतिजा इलाम चोक बजारको डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ ।
इलामको निर्वाचन क्षेत्र नम्बर २ का १ लाख १६ हजार ८८९ मतदातामध्ये ३५ हजार १३५ पुरूष, ३४ हजार १५० महिला र अन्य २ गरी ६९ हजार २८७ जनाले मतदान गरेका छन् । यो कूल मतदाताको ५९.२७ प्रतिशत हो । 

सम्बन्धित समाचार