२०८३ बैशाख २१ गते , सोमबार

वामपन्थी शक्तिहरु ध्रुवीकरणको अभियानमा लामबद्ध हुन प्रचण्डको अपिल

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १० गते , सोमबार
वामपन्थी शक्तिहरु ध्रुवीकरणको अभियानमा लामबद्ध हुन प्रचण्डको अपिल

काठमाण्डौ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकता ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले एकता ध्रुवीकरणको अभियानमा लामबद्ध भई समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपिल गरेका हुन्

२००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन भारतको कोलकातामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो

विचारधारात्मक सङ्घर्ष एवं एकता विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको उनले उल्लेख गरेका छन् ‘सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ,’ प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन पनि हो ।

सम्बन्धित समाचार