२०८३ बैशाख २१ गते , सोमबार

मकवानपुरबाट आएर झापाका सहकारीमा चोरी गर्ने गिरोह सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ९ गते , आईतबार
मकवानपुरबाट आएर झापाका सहकारीमा चोरी गर्ने गिरोह सार्वजनिक

बिर्तामोड झापाका विभिन्न सहकारीहरूमा चोरी गर्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको

प्रहरीले मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर फाखेल बस्ने ३० वर्षीय सोमलाल स्याङतान, सोही स्थानका २१ वर्षीय सुनिल भनिने सन्तबहादुर स्याङतान, २२ वर्षीय सुनिल स्याङतान, २६ वर्षीय सुजन स्याङतान मकवानपुर जिल्लाको मकवानपुर गढी गाउँपालिका वडा नम्बर बस्ने २८ वर्षीय अजय राना मगरलाई पक्राउ गरी जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको

प्रहरीले उनीहरूलाई गत शुक्रबार इटहरीबाट पक्राउ गरेको थियो। उनीहरूलाई जिल्ला अदालत झापाबाट चोरी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिप्रका झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद चन्दले जानकारी दिए

उनीहरूको साथबाट प्रहरीले दुईवटा मोटरसाइकल चोरीमा प्रयोग भएका सामाग्रीहरु समेत बरामद गरेको जनाएको

केही दिन अगाडि झापाका सहकारीहरूमा ३० लाख १६ हजार ६८७ रुपैयाँ बराबरको चोरीको घटना भएको प्रहरीले जनाएको

सम्बन्धित समाचार