२०८३ बैशाख २१ गते , सोमबार

मुलुक परिवर्तनको एउटा शक्ति महिला : रेखा शर्मा

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २९ गते , विहीबार
मुलुक परिवर्तनको एउटा शक्ति महिला : रेखा शर्मा

बिर्तामोड मुलुकको व्यवस्था परिवर्तनको एउटा महत्वपूर्ण शक्ति महिला रहेको सञ्चार तथा सुचना प्रविधी मन्त्रीसमेत रहेकी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माले बताएकी छन् बुधबार झापाको बिर्तामोडमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले त्यस्तो धारणा राखेकी हुन्

पटक पटक मुलुकमा भएको राजनीतिक परिवर्तनमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको कार्यक्रमकी प्रमुख अतिथी मन्त्री शर्माले बताइन् थुप्रै व्यवस्थापन मिलाएरमात्र महिलाहरु राजनीतिमा आउनुपर्ने बाध्यता रहेको मन्त्री शर्माको भनाई थियो घरको चुलोचौकादेखि परिवारका सदस्यहरुको हेरचारलाई समेत व्यवस्थापन गरेर मात्र महिलाहरुले बाहिर आउनुपर्ने चुनौती रहेको उनले बताइन्

नेकपा माओवादी केन्द्रले सामाजिक तथा राजनीतिक क्षेत्रमा महिलाको सहभागितालाई उल्लेख्य रुपमा बढाउन महत्वपूर्ण भूमिका खेलेको शर्माले स्मरण गरिन् अहिलेको व्यवस्थाले महिलालाई उत्पादनमा जोड्न सक्नुपर्नेमा मन्त्री शर्माले जोड दिइन्

लोकतान्त्रिक गणतन्त्रको बीउ माओवादी केन्द्रले रोपेको तर फल अरुले नै खाएको भन्दै मन्त्री शर्माले व्यवस्था परिवर्तन माओवादी केन्द्रका कारण नै सम्भव भएको यथार्थ तल्लो तहसम्म बुझाउन सक्नुपर्ने बताइन्

भेलाले ३५ सदस्यीय जिल्ला समितिका लागि सदस्यहरु चयन गरेको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने अनेम संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा झापा जिल्ला इञ्चार्ज निरु खतिवडा (अनु)ले जानकारी दिइन्  

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मशिला चापागाई, प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम), केन्द्रीय सदस्य तथा प्रदेश सांसद गीता तिम्सिना, जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नी), प्रदेश उपाध्यक्ष विजय साम्पाङले आफ्ना मन्तव्य राखेका थिए अनेम संघ क्रान्तिकारी झापाकी अध्यक्ष बन्दना झाँगडको अध्यक्षतामा भएको कार्यक्रम सचिव इन्दिरा कार्कीले सञ्चालन गरेकी  थिइन्  

 

सम्बन्धित समाचार