२०८३ बैशाख २१ गते , सोमबार

अनेम संघ क्रान्तिकारीको जिल्ला भेला सञ्चारमन्त्री शर्माले उद्घाटन गर्ने

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २७ गते , मंगलबार
अनेम संघ क्रान्तिकारीको जिल्ला भेला सञ्चारमन्त्री शर्माले उद्घाटन गर्ने

बिर्तामोड । अखिल नेपाल महिला संघ क्रान्तिकारी झापाको बुधबार हुने जिल्ला भेलाको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  उद्घाटन गर्ने भएकी छन् ।
मन्त्री शर्मा पहिलोपटक झापा आउन लागेकी हुन् । बिर्तामोटको सिटी सेन्टरमा हुने अनेम संघको जिल्ला भेलाले नयाँ नेतृत्वसमेत चयन गर्ने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सांसदसमेत रहेकी झापा अध्यक्ष बन्दना झाँगडले बताइन् । 
झापाका १५ वटै पालिकामा रहेका अनेम संघका पालिका कमिटीहरूले तयारी तीव्र पारेको अनेम संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा झापा इन्चार्ज निरु खतिवडा (अनु)ले बताइन् । 

सम्बन्धित समाचार