२०८३ बैशाख २१ गते , सोमबार

काठमाण्डौमा गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्ध राप्रपाको प्रदर्शन

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २७ गते , मंगलबार
काठमाण्डौमा गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्ध राप्रपाको प्रदर्शन

झापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाण्डौमा वृहत प्रदर्शन गर्ने भएको निषेधाज्ञा तोड्ने गरी प्रदर्शन गर्ने घोषणा गरेपछि काठमाण्डौको सुरक्षा व्यवस्था कडा पारिएको

प्रहरीले प्रदर्शनलाई लक्षित गरी काठमाण्डौमा करिब हजार प्रहरी परिचालन गर्ने तयारी गरेको

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र धर्मनिरपेक्षताको विरोधमा मंगलबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र परिक्रमा गर्ने जनाएको

सो प्रदर्शनलाई लक्षित गरी सोमबार काठमाण्डौ, ललितपुर भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठक बसेको थियो सो बैठकले विशेष सुरक्षा रणनीति बनाएको सोही रणनीति अनुसार सुरक्षाकर्मी परिचालन गर्ने काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए

राप्रपाले प्रदर्शनका लागि विभिन्न जिल्लाबाट समेत मानिसहरुलाई काठमाण्डौ ल्याएको

प्रहरीको सूचनाअनुसार सोमबारसम्म २० वटा गाडीमा राप्रपाका मानिसहरु काठमाण्डौ भित्रिएका छन् आज पनि केही भित्रिन सक्ने पहिल्यैदेखि काठमाण्डौमा रहेकाहरुसमेत गरेर करिब १० हजार जना प्रदर्शनमा सहभागी हुन सक्ने सुरक्षा अधिकृतहरुको आँकलन

राप्रपाले एक लाख जनालाई प्रदर्शनमा उतार्ने भने पनि करिब १० हजार जना हुन सक्ने हाम्रो आँकलन ,’ नेपाल प्रहरीका एक अधिकृतले भने, ‘हामीसँग काठमाण्डौको प्रहरी फोर्स हजार जनाको , तीमध्ये तत्काल केही प्रहरीहरु फिल्डमा हुन्छन् आवश्यक परे थप फोर्स पनि फिल्डमा खटाउने भनेर तयारी अवस्थामा राखिएको

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको

राप्रपाका नेताहरुले शान्तिपूर्ण तरिकाले निषेधाज्ञा तोड्ने भने पनि निषेधाज्ञा तोड्दा प्रदर्शन शान्तिपूर्ण नहुने भएकाले प्रहरीले प्रदर्शनको रुट तय गरिदिने प्रयास गर्दै आएको त्यसका लागि केही प्रहरी अधिकृतहरुले राप्रपाका नेताहरुसँग समन्वयको प्रयास गरिरहेका छन्

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाण्डौ केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको

प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा सम्बद्ध नेपाल सनातन धर्मसँस्कृति संगठनले सोमबार भृकुटीमण्डपबाट गौशालासम्म पैदलयात्रा गर्दै गणतन्त्रको प्रतिकात्मक पुत्ला जलाएको थियो

सम्बन्धित समाचार