२०८३ बैशाख २१ गते , सोमबार

कोशीमा एमाले-माओवादीले वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखलाई दिए निवेदन

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २७ गते , मंगलबार
कोशीमा एमाले-माओवादीले वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखलाई दिए निवेदन

विराटनगर । एमाले–माओवादीसहितका दलको गठबन्धनले कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएको छ । मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिइएको हो । 
निवेदनमा एमाले प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्री बनाउन आग्रह गरिएको छ ।
गत आश्विन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सदस्य समेत कुल ४७ जना सदस्यको समर्थनका आधारमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र तथा एमालेले समेत समर्थन फिर्ता लिएकाले  मुख्यमन्त्री अल्पमतमा परिसकेको जिकिर गरिएको छ ।
‘...नेपालको संविधान बमोजिम माननीय मुख्यमन्त्री केदार कार्कीले बहुमत सदस्यको विश्वास गुमाई सकेकोले कोशी प्रदेश सभाका हामी बहुमत सदस्यहरू नेपाल कम्युनिस्ट पार्टी एमाले प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मत कुमार कार्कीलाई अर्को वैकल्पिक सरकारको नेतृत्व गर्न कोशी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन माननीय प्रदेश प्रमुखज्यू समक्ष दाबी प्रस्तुतिका साथ अनुरोध गर्दछौ’, गठबन्धनका दलले प्रदेश प्रमुखलाई बुझाएको निवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार