२०८३ बैशाख २१ गते , सोमबार

मन्त्रीको खाली सिट राखेर अघि बढ्ने मुख्यमन्त्री कार्कीको भनाई

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २६ गते , सोमबार
मन्त्रीको खाली सिट राखेर अघि बढ्ने मुख्यमन्त्री कार्कीको भनाई

विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीको सिट खाली राखेर अघि बढ्ने बताएका छन् नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएपछि उनले त्यस्तो बताएका हुन्

आफू सडकमा निस्केर गोलीसँग तर्किँदै नेता बनेको व्यक्ति भएकाले संविधानलाई अप्ठ्यारोमा पार्ने काम नगर्ने मुख्यमन्त्री कार्कीले बताए

माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएसँगै सोमबार उनले भने, ‘संविधानलाई अप्ठ्यारोमा पार्ने मेरो काम हुँदैन सडकमा निस्केर गोलीसँग तर्किँदै बनेको नेता हुँ त्यसकारण संविधान लोकतन्त्रलाई मध्यनजर गर्दै क्याबिनेट मन्त्रीको सिट खाली राखेरै अगाडि बढ्छु

माओवादी केन्द्रबाट प्रदेश सरकारमा रहेकाहरू  खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की  पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले सोमबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्

आजै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूले राजीनामा दिने सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो

सम्बन्धित समाचार