२०८३ बैशाख २१ गते , सोमबार

एमाले झापाको नयाँ नेतृत्वको घोषणा तथा सपथ ग्रहण सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २३ गते , शुक्रबार
एमाले झापाको नयाँ नेतृत्वको घोषणा तथा सपथ ग्रहण सम्पन्न

बिर्तामोड नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको ११औं जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएको १४९ सदस्यीय कमिटीले सपथग्रहण गरेको

जिल्ला पार्टी कार्यलय बिर्तामोडमा आज आयोजित कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा पदाधिकारी, सदस्यहरु लेखासमितिका पदाधिकारी तथा सदस्यहरुले सपथग्रहण गरेका हुन् उनीहरुलाई निर्वाचन अधिृकत टंक दंगालले सपथ गराएका छन्

निर्वाचन अधिृकत टंक दंगालले पार्टीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रेम बहादुर गिरीसहित सबै पदमा निर्विरोध निर्वाचित १४९ सदस्यीय कमिटीको घोषणा गरेका थिए

उपाध्यक्षमा शिव ढुङगेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी अनिता कन्दङवा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको

पाँच पदाधिकारी, १५ वटा पालिकाबाट एक सय १०, खुला सदस्य १५, आदिवासी जनजातिबाट पाँच, दलितबाट पाँच, अल्पसंख्यक मधेसीबाट तीन, मजदुरबाट पाँच अपाङ्गबाट एक गरी एक सय ४९ जना सर्वसम्मत चयन भएका हुन् १० प्रतिशतलाई पार्टीको पहिलो बैठकले मनोनित गर्ने

घोषणा तथा सपथ ग्रहण कार्यक्रममा नेताहरु हिक्मत कार्की, बिशाल भट्टराई, देवेन्द्र दाहाल, रविन कोइराला, रोमनाथ ओली, जसमाया गजमेर, इन्द्र भण्डारी, मेनुका काफ्ले, जलवर्षा राजवंशी लगायतले मन्तव्य राखेका थिए अधिकांश नेताहरुले झापाले सर्वसम्मत गरेर सकारात्मक सन्देश दिएको बताएका थिए झापामा सर्वसम्मत गरेर एकताको सन्देश दिएको नेताहरुको भनाई थियो

नवनिर्वाचित अध्यक्ष गिरीले प्रतिवद्धता मन्तव्य राख्दै जनताको आँत हास्ने गरी काम गर्न जिल्ला कमिटी जिम्मेवारपूर्वक लाग्ने बताए

जिल्ला अधिवेशन चैत १५ गतेबाट सुरु भएको थियो अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री शेपी शर्मा ओलीले गरेका थिए

सम्बन्धित समाचार