२०८३ बैशाख २१ गते , सोमबार
पेट्रोलको मूल्य बढ्यो
बिर्तामोड । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। आइओसीले अन्य पेट्रोलियम पदार्थमा समेत थोरै मूल्य वृद्धि गरेर पठाएको भएतापनि नेपाल आयल निगमले पेट्रोलमा मात्र मूल्य वृद्धि गरेको हो। पेट्रोलको नयाँ मूल्यसूची सोमबार बिहानदेखि लागू हुने निगमले जनाएको छ।