२०८३ बैशाख २१ गते , सोमबार

इलाम २ को उम्मेदवार चयनमा माओवादी केन्द्रको नेतृत्व छलफलमा

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १७ गते , शनिबार
इलाम २ को उम्मेदवार चयनमा माओवादी केन्द्रको नेतृत्व छलफलमा

बिर्तामोड वैशाख १५ का लागि तय भएको इलाम को उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रमा चार जनाले उम्मेदवारका लागि आकांक्षी देखाएका छन् धिरेन शर्मा (रमण), ओमबहादुर गुरुङ, उर्मिला तामाङ अनिल बराइली उम्मेदवारको आकांक्षी हुन्

चार जनाले उम्मेदवार बन्ने इच्छा देखाएसँगै सर्वसम्मत रुपमा उम्मेदवार चयनका लागि पार्टी नेतृत्वले सक्रियता देखाएको शनिबार झापाको बिर्तामोडस्थित पार्टी कार्यालयमा प्रदेश इञ्चार्ज हरिबोल गजुरेल (शितलकुमार) को संयोजकत्वमा इलाम तथा झापामा रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा नेताहरुको छलफल सम्पन्न भएको छलफललले पार्टीले आफ्नै उम्मेदवार उठाउनु पर्ने सहमति गरेको  बैठकमा सहभागी एक नेताले बताए

इलामको माहोललगायत सबै कुरा बुझेर एक जना उम्मेदवारको नाममा सहमति कायम गरिने प्रदेश इञ्चार्ज गजुरेलले जानकारी दिए माओवादी केन्द्रले संगठनलाई पुरानै अवस्थामा फर्काउन नेताहरुलाई जिम्मेवारी तोकेर कार्यक्षेत्रमा पठाएको संगठन खस्किएको यसलाई मजबुत बनाई २०६४ को अवस्थामा फर्काउन सबै नेता कार्यकर्तालाई पार्टी नेतृत्वको निर्देशन रहेको झापा संयोजक राजु आचार्य (अग्नी) ले जानकारी दिए  

सम्बन्धित समाचार