२०८३ बैशाख २१ गते , सोमबार

रास्वपाले इलाम २ का लागि लिम्बूको उम्मेदवारी घोषणा गर्दै

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १७ गते , शनिबार
रास्वपाले इलाम २ का लागि लिम्बूको उम्मेदवारी घोषणा गर्दै

बिर्तामोड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज इलाम को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ रास्वपाले दलबलसहित दिउँसो बजे चोक बजारस्थित लाँकुरी चौतारामा उम्मेदवारी घोषणा गर्न लागेको हो

रास्वपाले बिहीबार मात्रै इलाम मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य  तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने छन् आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव लिम्बुले केहि दिन अघि मात्र प्रेस सेन्टरको जिम्मेवारीबाट अलग भएको भन्दै उम्मेदवारी घोषणा गरेका थिए उपनिर्वाचनको मिति तय भएपछि अध्ययनका लागि केहि दिन अघि इलाम आएका रास्वपा नेताहरुले इलाम का लागि जनजाति उम्मेदवार उपयुक्त हुने निष्कर्ष निकालेको थियो जनजाति अनुहार खोजीरहेको रास्वपाले बिहीबार लिम्बुलाई समर्थन गर्ने निर्णय गरेको थियो

सम्बन्धित समाचार