२०८३ बैशाख २१ गते , सोमबार
इलाम-२ का लागि कांग्रेसले केन्द्रमा पठायो ७ जनाको नाम
बिर्तामोड । नेपाली कांग्रेस कोशी प्रदेश समितिले इलाम-२ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा सिफारीस गरेको छ ।
कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जिल्लाबाट आएका सबै आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको बताए । उनका अनुसार ५ जना पुरुष र २ जना महिलाको नाम केन्द्रीय कार्यालय सानेपा पठाएको छ ।
आकांक्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेका हुन् ।
गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएपछि यो क्षेत्रमा आगामी बैशाख १५ मा उपनिर्वाचन हुने भएको हो ।
एमालेले यस अघि नै सुहाङ नेम्वाङलाई उम्मेदवार सिफारिस गरिसकेको छ ।