२०८३ बैशाख २१ गते , सोमबार

बाबुरामलाई छाडेर नेसपाले गर्यो माओवादी केन्द्रसँग एकता

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ३ गते , शनिबार
बाबुरामलाई छाडेर नेसपाले गर्यो माओवादी केन्द्रसँग एकता

झापा जनता समाजवादी पार्टीबाट छुट्टिएर डा. बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजित भएको

पार्टीका अध्यक्ष महिन्द्र राय यादवको नेतृत्वमा नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति भएको भने अर्का अध्यक्ष बाबुराम भट्टराईले त्यसलाई अस्वीकार गरेका छन्

भट्टराईलाई पनि एकतामा सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र राय नेतृत्वमा एकताको सहमति भएको हो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अध्यक्षतामा शनिबार बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो

बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको पार्टी एकताका लागि वैचारिक एकरुपता संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको

कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ महासचिव रमेशप्रसाद यादव रहेका छन् सहमतिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन्

भट्टराईले माओवादी केन्द्रसँग एकता नगर्ने मूड देखाएपछि अर्का अध्यक्ष महेन्द्रराय यादवको नेतृत्वमा एकताको निर्णय भएको हो पार्टी एकताको सहमति गरेर कार्यदल गठन भइसकेको अवस्थामा डा. भट्टराईले नेसपाबाट निर्वाचित सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि अर्को पक्षले एकताको सहमति गरेको हो नेसपाबाट प्रतिनिधिसभामा यादवसहित सांसद छन् भने वागमती गण्डकी प्रदेशसभामा पनि सांसद छन् उनीहरु सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन्

माओवादी केन्द्रसँग एकता गर्ने सहमति पत्र सार्वजनिक हुँदा भट्टराईले भने राजनीतिक ठगी भएको प्रतिक्रिया दिएका छन् प्रधानमन्त्रीकै उपस्थितिमा पार्टी एकता भन्नुलाई राजनीतिक ठगी नैतिकताको खडेरीको रुपमा लिएको उनको टिप्पणी

यसअघि डा। भट्टराईले चैतमा केन्द्रीय कार्यकारिणी केन्द्रीय समितिको बैठक बोलाएको यादव पक्षले कुनै बैठक नबोलाएको प्रतिक्रिया दिएको थियो २०७९ को मंसिरमा भएको आमचुनावमा गोरखा प्रचण्डलाई छोडेर पार्टी एकताकै तयारी गर्ने भट्टराईले बताएका थिए

तर, अहिले उनी त्यसबाट पर जान थालेपछि आजीवन उनलाई साथ दिएका नेता गंगानारायण श्रेष्ठले पनि उनको साथ छाडेका छन् माओवादीभित्र वैचारिक द्वन्द्व हुँदा सधैं बाबुरामको पक्षमै उभिएका नयाँ शक्ति गठनदेखि अहिलेसम्म निरन्तर साथ दिएका नेता श्रेष्ठ बागमती प्रदेश सरकारमा मन्त्री छन्

नेसपाका सहअध्यक्ष श्रेष्ठले आफ्नो पार्टी फुटेको नभइ नेकपा माओवादी केन्द्रसँग एकतामा गएको बताएका छन् गत मंसिर गतेको केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाइएको भन्दै उनले सोही समितिको बैठक बसेर एकताको निर्णय भएको दावी गरे

सहअध्यक्ष श्रेष्ठले दुई पार्टी बीचमा एकता गर्ने भनेर चुनाव अगाडि सहमति भएको एकताको शर्तसहित आफूहरूले माओवादी केन्द्रको चिह्नमा चुनाव लडेको बताएका छन् कानुनी रूपमा आफूहरु माओवादीकै संसदीय दलका सदस्य रहेकोले सत्ताको स्वार्थ भन्ने भट्टराईको आरोप अर्थहिन भएको उनको भनाइ

२०७२ मा माओवादी परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गरेका बाबुरामलाई देवेन्द्र पौडेल नेतृत्वको समूहले लगत्तै साथ छोडेको थियो पछि नयाँ शक्ति संघीय समाजवादी पार्टीबीच २३ वैशाख २०७६ मा एकता भएर जनता समाजवादी पार्टी, नेपाल बनेको थियो यो पार्टी पनि फुटेपछि जसपाका महिन्द्रराय यादव बाबुरामको पक्षमा उभिएका थिए गत साल साउनमा नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो यो पार्टी पनि फुटेपछि बाबुराम फेरि एक्लिएका छन्

सम्बन्धित समाचार