२०८३ बैशाख २१ गते , सोमबार

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ३० गते , बुधबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाण्डौ प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् यस प्रयोजनका लागि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको

फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा एकीकृत समाजवादीले समर्थन गरेका छन् नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरे पनि पार्टीभित्र विवाद कायमै

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ यद्यपि तीमध्ये एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको देवराज घिमिरे सभामुख भएकाले मत दिन पाउने छैनन् टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उनले पनि मत दिन पाउने छैनन्

अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ एकीकृत समाजवादीसँग १० गरी प्रचण्डलाई विश्वासको मत दिने पक्षमा नाउपाबाहेक १५१ मत यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत राप्रपासँग १४, जनमतपासँग , लोसपासँग नेमकिपासँग राष्ट्रिय जनमोर्चासँग एक÷एक सांसद छन् भने स्वतन्त्र तीन सांसद छन्

२०७९ पुस १० गते एमालेको प्रस्तावमा तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए पहिलो पटक उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए त्यतिबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका थिए यस्तै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा केही स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए

त्यतिबेला विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २६८ विपक्षमा दुई मत परेको थियो बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए प्रधानमन्त्री प्रचण्डले संसदमा उपस्थित कुल संख्याको ९९।२५ प्रतिशत मत पाएका थिए

तर तीन महिना नपुग्दै राष्ट्रपतिको निर्वाचन पूर्व गत वर्ष फागुन १२ गते एमालेसँग सहकार्य तोडेका प्रचण्ड पुरानै गठबन्धनमा फर्किए

एमाले राप्रपा सत्ताबाट बाहिरिएपछि उनले गत चैत गते दोस्रो पटक विश्वासको मत लिएका थिए उपस्थित संख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले ६४।१८ प्रतिशत मत पाए

त्यतिबेला उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका थिए

सम्बन्धित समाचार