२०८३ बैशाख २१ गते , सोमबार

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २९ गते , मंगलबार
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाण्डौ राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् राष्ट्रिय सभामा रहेका दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन्

बैठकको अध्यक्षता गरेकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर निर्वाचित भए उनका प्रतिस्पर्धी युवराज शर्माले भने १७ मत पाए राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन् ५६ जना सांसद बैठकमा उपस्थित थिए

दाहाललाई माओवादीका सांसद गोपीबहादुर अछामीले अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए भने एमालेका सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद डा. बेदुराम भुसाल जनता समाजवादीका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए

यता कांग्रेसबाट उम्मेदवार युवराज शर्मालाई कांग्रेस सांसद आनन्दप्रसाद ढुङ्गानाले अध्यक्षमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए उनको प्रस्तावलाई कांग्रेस सांसद किरणबाबु श्रेष्ठ लोसपा सांसद शेखर कुमार सिंहले समर्थन गरेका थिए

राष्ट्रिय सभामा सबैभन्दा धेरै माओवादी केन्द्र १८ सदस्यसहित पहिलो दलको भूमिकामा रहेको दोस्रो स्थानमा रहेको कांग्रेसका १६ सदस्य छन् तेस्रो स्थानमा रहेका एमालेका १० सदस्य रहेका छन् चौथो स्थानमा नेकपा एकीकृत समाजवादीका सांसद छन् भने जसपाको एक सांसद छन्

 

सम्बन्धित समाचार