२०८३ बैशाख २१ गते , सोमबार

रिटर्नी सेन्टर झापाको अध्यक्षमा मैनाली

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २९ गते , मंगलबार
रिटर्नी सेन्टर झापाको अध्यक्षमा मैनाली

बिर्तामोड नेकपा माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपाल झापाको अध्यक्षमा सुवासचन्द्र मैनाली चयन भएका छन् सोमबार झापाको बिर्तामोडमा भएको सेन्टरको प्रथम जिल्ला अधिवेशनबाट मैनालीको नेतृत्वमा ३१ सदस्यीय कार्य समिति चयन भएको हो

समितिको उपाध्यक्षद्वय मेनुका काफ्ले दिलिप बुढाथोकी, सचिव प्रबिण बानियाँ, सहसचिवत्रय जय मोक्तान, याम मगर फुल कुमारी राजवंशी कोषाध्यक्ष घनश्याम नेपाल चयन भएका छन्

त्यस्तै दिनेश कार्कीको संयोजकत्वमा सदस्यीय उत्पादन तथा प्रविधि विभागसमेत गठन गरिएको सेन्टरका केन्द्रीय सचिवालय सदस्य गणेश कालिकोटेले जानकारी दिए

विदेशमा सिकेका ज्ञान, सीप आर्जन गरेको पैसालाई स्वदेशमा लगानी गरि उत्पादनमा जोड दिने स्वदेशमै स्वरोजगार बन्ने बनाउने अभियानका साथ सेन्टरको देशभर संगठन विस्तार गरिएको बताइएको

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश संसदीय दलका नेता  इन्द्र आङ्बो मौसमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रिटर्नी सेन्टरका केन्द्रिय सचिव भिम लकान्द्री, उत्पादन प्रविधि अन्तर्रास्ट्रिय बिभाग प्रमुख रमेश तुफान पण्डित, पार्टीका केन्द्रिय सदस्यहरु, प्रदेक समिति पदाधिकारी तथा सदस्यहरु, जिल्ला इञ्चार्ज, सहइञ्चार्जहरु, जिल्ला संयोजक तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो

सेन्टरको आगामी चैत्र गते दमकमा प्रदेश सम्मेलन साथै गते चितवनमा केन्द्रिय सम्मेलन हुने   

 

सम्बन्धित समाचार