२०८३ बैशाख २१ गते , सोमबार

दमककी सुमित्रा मधेश प्रदेश प्रमुखमा सिफारिस

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २९ गते , मंगलबार
दमककी सुमित्रा मधेश प्रदेश प्रमुखमा सिफारिस

बिर्तामोड झापा दमककी सुमित्रा सुवेदी भण्डारी मधेश प्रदेश प्रमुखमा सिफारिस भएकीछन् सोमबार बसेको मन्त्रीपरिषद बैठकले तीन प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गरेसँगै भण्डारीलाई मधेश प्रदेश प्रमुख सिफारिस गरिएको हो

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठमा डेनमार्कका लागि राजदूत प्रस्ताव भएकी ओलीको गृहनगर दमककी सुमित्रालाई सरकारले सोमबार मधेश प्रदेश प्रमुखमा सिफारिस गरेको

मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेश, गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेशका प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्

शर्माका अनुसार मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट सुदूरपश्चिम प्रदेशमा नजीर मियाँलाई नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको जानकारी दिइन् हाल मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी छन् उनीहरूलाई हटाएर नयाँ सिफारिस गरिएको हो

आफूलाई एमालेकी पूर्णकालीन राजनीतिक कार्यकर्ता भन्न रुचाउने ६२ वर्षीया भण्डारीलाई एमाले अध्यक्ष ओलीकै प्रस्तावमा मधेशको प्रमुख बनाइएको स्रोतको दाबी भण्डारीजीलाई राजदूत बनाउन नसकेको गुनासो अध्यक्ष ज्यूलाई थियो,एक नेताले भने,‘त्यही कारण प्रदेश प्रमुख बनाइयो

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको झापा जिल्लामा तीनपटक अध्यक्ष बनेकी भण्डारीसँग नेपाल परिवार नियोजन संघ, दमकस्थित खानेपानी उपभोक्ता समिति, जिल्ला शिक्षा समिति लगायतका संघ संस्थामा काम गरेको अनुभव राजनीति गर्नैका लागि शिक्षण पेशा छाडेकी उनी मधेश प्रमुख भएपछि खुसी व्यक्त गर्दै भनिन्,‘यो राज्यको प्रक्रिया हो, पहिला राजदूतमा प्रस्ताव भयो, अहिले प्रदेश प्रमुखमा

 

सम्बन्धित समाचार