२०८३ बैशाख २१ गते , सोमबार

१२ लक्ष्यका साथ पुनः परराष्ट्रको जिम्मेवारी सम्हाले श्रेष्ठले

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २४ गते , विहीबार
१२ लक्ष्यका साथ पुनः परराष्ट्रको जिम्मेवारी सम्हाले श्रेष्ठले

काठमाण्डौ सत्ता समीकरण फेरिएसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ १२ वर्षपछि पुनः परराष्ट्र मन्त्रालयको नेतृत्वमा आइपुगेका छन् पहिलोपटक २०६८ सालमा परराष्ट्रमन्त्री बनेका श्रेष्ठले बुधबार दोस्रोपटक उक्त जिम्मेवारी सम्हालेका हुन्

श्रेष्ठ १२ वर्षपछि मन्त्रालयको नेतृत्वमा फर्किए पनि मुलुकको परराष्ट्र नीतिको हविगतमा भने तात्विक फरक आइसकेको छैन बदलिंदो विश्व परिस्थिति पेचिलो बन्दै गइरहेको भूराजनीतिका कारण मुलुकको परराष्ट्र सम्बन्ध थप जटिल बन्दै गइरहेको यद्यपि, चुनौतीसँगै अवसरका दायराहरू पनि खुकुलो बन्दै छन् विश्व राजनीतिमा ध्रुवीकरणका अनेकौं दृश्यहरू देखापर्न थालेका छन्

आफ्नै दुई छिमेकी मुलुकहरूले आर्थिक उन्नतिमा विशाल फड्को मारेका छन् यसलाई कसरी राष्ट्रको हितमा प्रयोग गर्ने भन्नेमा नेपालको ध्यान केन्द्रित हुनुपर्नेमा विज्ञहरूको जोड

बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सिंगो परराष्ट्र मन्त्रालय त्यसमा केन्द्रित हुने बताए १२ वर्षपछि पुनः परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा फर्किंदा फेरि आफ्नै परिवारमा आएकोजस्तो सुखद अनुभूति भएको भन्दै श्रेष्ठले देशको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा प्रवद्र्धनमा एकताबद्ध भएर काम गर्नुपर्ने बताए

राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्ने भन्दै संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्नता राष्ट्रिय हितलाई सर्वोपरी राख्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने सरकारको नीति अन्तर्गत रहेर काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन समेत दिए

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिरहँदा कूटनीतिक दक्षता श्रेष्ठताको आवश्यक्ता पर्ने भन्दै उनले आजको विश्वमा चलिरहेकोडिप्लोमेसी इज फस्र्टभन्ने मान्यतालाइ पकड्नु पर्ने बताए

आजको विश्व परिस्थिति हाम्रोजस्तो देशको भूराजनीति अवस्थितिले केही सकारात्मक पक्ष पनि हामीलाई अवसरका रुपमा दिएका छन् भने गम्भीर चुनौती पनि हाम्रा अगाडि छन’, उनले भने, ‘यो सकारात्मक अवसरलाई पकड्न चुनौतीलाई चिर्दै अगाडि बढ्न हामीले कूटनीतिक श्रेष्ठतामा ध्यान दिनै पर्नेछ

उनले नेपालका दुई छिमेकी मित्र राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्न अझ उन्नत बनाउने विषयलाई प्राथमिकता दिने विश्वका सबै शक्तिशाली राष्ट्र तथा सबै मित्रहरूसँग मैत्रिपूर्ण सम्बन्ध विकास गर्न आफ्नो लक्ष्य रहेको समेत उनले बताए

मन्त्री श्रेष्ठले मन्त्रालयको सफलता नै आफ्नो सफलता हुने भन्दै आफूले पूरा गर्न राखेका १२ वटा लक्ष्य प्रस्तुत गरेका छन्

१. नेपालले बहुपक्षीय क्षेत्रीय फोरमहरूमा सहभागिता जनाउन, राष्ट्रिय हितमा पक्षपोषण गर्न, राष्ट्रिय हित अनुकुलका निर्णय लिन लगाउन बहुपक्षीय क्षेत्रीय फोरममा सम्पूर्ण विश्व शान्ति, मानवतावाद विश्वको समग्र मानव जातिको हितको पक्षमा क्षेत्रीय फोरममा आवाज उठाउने छौं

२. वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरुको हितको रक्षा गर्ने कुरालाई आफ्ना महत्वपूर्ण कार्यको अभिन्न अंग बनाउने छौं

३. अहिले देशको प्रमुख राष्ट्रिय कार्यभारलाई केन्द्रमा राखेर काम गर्नेछौं आजको केन्द्रीय कार्यभार भनेको सामाजिक रुपान्तरण, विकास समृद्धिमा फड्को मार्ने हो त्यसका लागि मन्त्रालयले आर्थिक कूटनीतिलाई महत्वका साथ अगाडि बढाउने परिचालन गर्ने छौं

४. गैरआवासीय नेपालीहरूको भौतिक बौद्धिक पुँजीलाई नेपालको विकासका निम्ति परिचालन गर्न प्रोत्साहित गर्नेछौं गैर आवासिय नेपालीकाजेन्युन कन्सर्नलाई सम्बोधन गर्न ध्यान दिनेछौं

५. मैले पहिले पनि कूटनीतिक आचारसंहिताको पालनामा जोड दिएको थिएँ यसलाई कूटनीतिक आचार संहिताका रुपमा मात्रै हेर्नु हुँदैन यसको प्रश्न हाम्रो देशको राष्ट्रिय सुरक्षासँग पनि जोडिएको यसैले कूटनीतिक आचार संहितालाई पालना गर्न हामी दृढतापूर्वक अगाडि बढ्ने छौँ

६. राष्ट्रिय महत्वका विषयहरूमा सबै सरकारी निकायहरूसँग प्रभावकारी समन्वयका साथ अगाडि बढ्ने छौं हाम्रो परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान ९आईएफए०लाई संस्थागत क्षमता विकास गर्न मानवीय पुँजीलाई अझ विकास गर्न त्यसको सुपरिचालनमा ध्यान दिनेछौं यसलाई थिंक टयांकका रुपमा विकास गर्न अझ बढी मेहनत गर्नेछौं

७. नेपालको राष्ट्रिय हित अनुकुल हुने वैदेशिक सहयोग आमन्त्रण गर्नेछौं स्वीकार गर्नेछौं यसो गर्दा राष्ट्रिय हितमा कुनै सम्झौता गरिने छैन हामी सबै वैदेशिक सहयोगहरूलाई नेपालको बजेटरी प्रणालीभित्र ल्याउने विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने छौं

८. राजदूतहरुको नियुक्तिको मापदण्डलाई उद्देश्यगत बनाउन मूल्यांकन नियमित गर्न ध्यान दिनेछौं

९. देशको राष्ट्रिय विकासका लागि वैदेशिक सहायतालाई आमन्त्रण गर्न हामीले भूमिका खेल्नु पर्नेछ त्यसो गर्दा हामी अहिले जहाँ छौं, त्यो पर्याप्त छैन विश्वका नविनतम चुनौती सम्भावनालाई पकडने गरी हाम्रो अध्ययन गर्नुपर्ने क्षमता विकास गनुपर्ने आवश्यक्ता त्यसो हुँदा मात्रै हामीले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न सक्ने छौं त्यसमा विशेष ध्यान दिने छौं

१०. कूटनीतिक आचरणको पालना मन्त्रालयका स्टाफले गर्नुपर्छ अरुको लागि बसिदिने मात्रै होइन, आफ्नो आचरणलाई राष्ट्रको गरिमा मर्यादा अनुकुल प्रदर्शन गर्न सक्नुपर्छ त्यसमा ध्यान दिनेछौं

११. समय पालना गर्ने सन्दर्भमा कुनै सम्झौता गर्दिनँ

१२. अहिलेका मुख्य चारवटा राष्ट्रिय कार्यभार पूरा गर्न मन्त्रालयलाई प्रभावकारी बनाइने

सम्बन्धित समाचार