२०८३ बैशाख २१ गते , सोमबार

नवनियुक्त मन्त्रीहरुले लिए सपथ (मन्त्रालयको नामसहित)

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २४ गते , विहीबार
नवनियुक्त मन्त्रीहरुले लिए सपथ (मन्त्रालयको नामसहित)

काठमाण्डौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्री परिषदमा नवनियुक्त १६ जना मन्त्रीहरुले पद तथा तथा गोपनीयताको शपथ लिएका छन् राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्

नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् यसअघि सोमबार जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए त्यतिबेला एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ रास्वपाबाट डीपी अर्यालले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए अहिले गिरीले कानुन न्याय तथा संसदीय मामिला, तामाङले पर्यटन अर्यालले श्रम मन्त्रालयको जिम्मेवारी पाएका छन्

नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन यस्तो

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवती चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि

बलराम अधिकारी, भूमि व्यवस्था

नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सञ्चार

हितबहादुर तामाङ, पर्यटन

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा

भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन

धनबहादुर बुढा, सहरी विकास

शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो

सम्बन्धित समाचार