२०८३ बैशाख २१ गते , सोमबार

मन्त्री परिषद विस्तारका लागि गृहकार्य शुरु

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २३ गते , बुधबार
मन्त्री परिषद विस्तारका लागि गृहकार्य शुरु

झापा गठबन्धन दलहरुले मन्त्री परिषद् आजै विस्तार गर्ने गरी गृहकार्य शुरु गरेका छन् दलहरुले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा आन्तरिक छलफललाई अगाडी बढाएका हुन्

माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी नेताहरुबीच भएको स्रोतको दाबी यद्यपि यसको अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको

आजै एकीकृत समाजवादीको पनि बैठक बस्दै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले मंगलबार भेटेर सरकारमा सहभागी हुन अनुरोध गरेका थिए अध्यक्ष नेपालले पार्टीको बैठक बसेर आवश्यक निर्णय लिने जवाफ दिएका थिए त्यसैले एकीकृत समाजवादीको सचिवालय बैठक ११ बजे बस्दैछ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान फेरि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेटेर छलफल गरेका छन् सो छलफलमा खनालले वाम दलहरु सँगै मिलेर अघि बढ्नुपर्ने बताएका थिए

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको बैठकमा मन्त्री चयनको विषयमा छलफल भइरहेको स्रोतले बतायो जसपाको यो बैठक मंगलबार चार बजे बस्ने भनिए पनि अध्यक्ष उपेन्द्र यादवको कार्यव्यस्तताको कारण आज बिहान बजेदेखि मात्र सुरु भएको हो

आज मन्त्रालय बाँडफाँटको विषयमा सत्ता गठबन्धनको कार्यदलको बैठक बस्ने तयारी मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन गठबन्धन दलका एकएक जना नेताहरु सम्मिलित कार्यदल बनाइएको कार्यदलले शीर्ष नेताहरुलाई सिफारिस गर्ने आजै अन्तिम टुंगो लगाएर नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी

संसदमा विनियोजन विधेयकका प्राथमिकता सिद्धान्तमा छलफल गर्नुपर्ने भएको त्यसका लागि अर्थमन्त्री आवश्यक पर्ने भएकाले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी ,’ स्रोतले भन्यो प्रतिनिधि सभाको बैठक बिहीबारका लागि बोलाइएको

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले रास्वपासहितको गठबन्धन निर्माण गरेका छन् नयाँ गठबन्धनबाट एमाले, माओवादी रास्पपाका एकएक जना मन्त्रीले सोमबार सपथ ग्रहण गरेका थिए उनीहरुको मन्त्रालय भने तोकिएको छैन

सम्बन्धित समाचार