२०८३ बैशाख २१ गते , सोमबार

प्रचण्ड–ओली दुई दुई बर्ष प्रधानमन्त्री बन्ने सहमति

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २२ गते , मंगलबार
प्रचण्ड–ओली दुई दुई बर्ष प्रधानमन्त्री बन्ने सहमति

काठमाण्डौ नेकपा माओवादी केन्द्र नेकपा एमाले बिच सत्ता सहकार्यमा दुई दुई बर्ष आलो पालो प्रधानमन्त्री बन्ने सहमति भएको

माओवादी केन्द्रका एक शीर्ष नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुको दुई वर्षसम्म सरकार चलाउने छन् त्यसपछि बाँकी दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्

कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा जनता समाजवादी पार्टी ९जसपा०को नयाँ सत्ता गठबन्धन बनेको गठबन्धनका यी चार दलका शीर्ष नेताहरुबीच आठ बुँदे लिखित सहमति पत्रमा हस्ताक्षर भएको सहमति पत्रमा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले उपाध्यक्ष नेकपा एमालेले लिने लगायतका विषय उल्लेख भए पनि सरकारको नेतृत्व आलोपालो गर्नेबारे भने उल्लेख छैन

तर माओवादी केन्द्रका एक शीर्ष नेताले भने, ‘एक वर्षसम्म हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिसक्नु भएको अब बाँकी चार वर्षमध्ये दुई दुई वर्ष प्रचण्ड ओलीले आलोपालो सरकार चलाउने समझदारी भएको केन्द्रको समीकरण समझदारी अनुसार प्रदेश सरकारमा पनि आलोपालो गर्ने शीर्ष तहमा छलफल भएको

प्रचण्ड ओलीले दुई दुई वर्ष सरकारको नेतृत्व गर्दा आफूलाई काम गर्न सहज हुने गरी मन्त्रालय लिने विषयमा पनि समझदारी भएको माओवादीका ती नेताले बताए

प्रचण्डले नयाँ सत्ता गठबन्धनबाट एमाले, माओवादी केन्द्र रास्वपाका एकएक जनालाई मन्त्रिपरिषदमा समावेश गरिसकेका छन् तत्कालका लागि एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ रास्वपाबाट डोलप्रसाद अर्याल गरी तीन जना मन्त्री बनेका छन् तर उनीहरुको मन्त्रालय भने तोकिएको छैन

एमालेमाओवादीबीच नयाँ सत्ता गठबन्धनमा वामपन्थी समाजवादी पक्षधरहरुलाई समेट्दै अघि बढ्ने समझदारी भएको तर राजा राजसंस्थाको पक्षमा गतिविधि गर्दै आएको राप्रपालाई भने गठबन्धनमा सहभागि नगराइने नेताहरुले बताएका छन्

सम्बन्धित समाचार