२०८३ बैशाख २१ गते , सोमबार
तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ
झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेसँगै तीन जना मन्त्रीले सपथ लिएका छन् ।
नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनीहरुले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीहरुको मन्त्रालय भने पछि तोकिने राष्ट्रपति कार्यालयले पठाएको विज्ञप्तिमा उल्लेख छ ।