२०८३ बैशाख २१ गते , सोमबार

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका तीन आकांक्षी

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १८ गते , शुक्रबार
राष्ट्रिय सभा अध्यक्षमा माओवादीका तीन आकांक्षी

काठमाण्डौ माओवादी केन्द्रको स्थायी समितिले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेसँगै आकांक्षी सांसदहरुले सक्रियता बढाएका छन्

नेताहरुका अनुसार राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालसँगै राष्ट्रियसभा सदस्यहरु झक्कुप्रसाद सुवेदी नारायण दाहाल अध्यक्षका आकांक्षी हुन्

बुधबार माओवादी स्थायी समितिले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो

नेताहरुका अनुसार माओवादीले राष्ट्रिय सभा अध्यक्ष पाउँदा अर्याल सबभन्दा बलियो उम्मेदवार हुन्

१२ माघ २०७८ मा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित अर्याल २३ माघ २०७९ मा उपाध्यक्षमा सर्वसम्मत चयन भएकी थिइन्

अर्याल सर्वस्वीकार्य हुनसक्ने भएकाले उनलाई उम्मेदवार बनाउनुपर्ने मत माओवादीमा बलियो उनलाई उम्मेदवार बनाउँदा विवाद नगर्ने भनेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत वचन दिएका छन्

तर केहीले भने उनको कार्यकाल चार वर्ष मात्र भएकाले झक्कुप्रसाद सुवेदीलाई विकल्पका रुपमा अघि सारेका छन्

सुवेदी ११ माघ २०७९ मा भएको राष्ट्रिय सभाको चुनावमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए २१ फागुनमा सपथ लिने उनको कार्यकाल वर्ष हुनेछ

सुवेदी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाण्डौ मा तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेर चर्चामा आएका थिए यसपटक उनी राष्ट्रिय सभामा आएका हुन्

सुवेदीलाई राष्ट्रियसभा अध्यक्ष बनाउन लविइङ गरेका नेताहरुले उर्मिला अर्याललाई मन्त्री बन्न प्रस्ताव राखेका छन् माओवादीले अध्यक्ष लिँदा उपाध्यक्ष छाड्नुपर्छ राष्ट्रिय सभाको अध्यक्ष उपाध्यक्षमा फरकरफरक दलको हुनुपर्छ

उपाध्यक्ष अर्याललाई राजीनामा गराएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउनुपर्ने नेताहरुको तर्क अर्याल, झलनाथ खनाल नेतृत्वको एमालेमाओवादी नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री थिइन्

तर अहिले अर्याल मन्त्री लिएर उपाध्यक्ष छाड्न तयार नभएको नेताहरु बताउँछन् अर्याल आफैं भने नेतृत्वले गर्ने निर्णय आफ्नो पनि निर्णय हुने बताउँछिन् गठबन्धन , त्यहाँ निर्णय होला त्यसपछि पार्टी , नेतृत्व उनी भन्छिन्, ‘सबैतिरबाट विवेकसम्मत निर्णय आउँछ भन्ने विश्वास मलाई

सम्बन्धित समाचार