२०८३ बैशाख २१ गते , सोमबार

सरकारको कामप्रति असन्तुष्ट छौं – झलनाथ खनाल

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ९ गते , बुधबार
सरकारको कामप्रति असन्तुष्ट छौं – झलनाथ खनाल

बिर्तामोड नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सरकारको कामप्रति असन्तुष्ट देखिएका छन् बुधबार बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै खनालले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्  

खनालले सरकारप्रति एकीकृत समाजवादी असन्तुष्ट रहेको बताए पूर्व प्रधानमन्त्री खनालले सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाए सरकारको काममा सन्तुष्ट हुने ठाउँ छैन सरकारको बजेट नीतिले जनतालाई छोएको छैन जसले जनतामा असन्तुष्ट कायमै जनतामा आक्रोश देखा परेको ,’ उनले भने, ‘हाम्रो दुई मन्त्री छन् तर, मन्त्रालयमा बजेट छैन,’ उनले भने, ‘गठबन्धन जसरी चल्नुपर्ने त्यसरी चलेन व्यापक असन्तुष्ट छौँ

उनले पार्टीको आउने महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने संकेतसमेत गरे उनले अब जसको नीति हो त्यसकै नेतृत्व हुनुपर्ने भन्दै पार्टी अध्यक्षको उम्मेदवार बन्ने संकेत गरेका हुन् व्यक्तिवादी कुरा गर्दिनँ हाम्रो महाधिवेशनले के नीति पारित गर्छ त्यसलाई हेर्छौँ जसको नीति हुन्छ उसले नै नेतृत्व गर्नुपर्छ,’ उनले भने, ‘नीति नेतृत्वबीच समन्वय हुनुपर्छ उनले वामपन्थी पार्टीबीच एकता हुनुपर्ने बताए

देशमा परिवर्तन चहाने शक्तिहरु एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको खनालले बताए

सुवास नेम्वाङको निधनपछि इलाम को उपनिर्वाचनमा खनालको पनि चर्चा हुँदै आएको खनालले भने आफूले निणर्य गरी नसकेको उपयुक्त समयमा निणर्य लिने बताए

सम्बन्धित समाचार