२०८३ बैशाख २१ गते , सोमबार
प्रेस युनियनसहित ६ शुभेच्छुक संस्थाद्वारा कांग्रेस महासमिति बैठक बहिष्कार
काठमाण्डौ । नेपाली कांग्रेसका ६ शुभेच्छुक संघ संस्थाहरुले महासमितिको बैठक बहिष्कार गरेका छन् ।
ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) र नेपाल प्रेस युनियनले बैठक बहिष्कार गरेका हुन् ।
आफूहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै यी ६ संघसंस्थाहरूले बैठक बहिष्कार गरेको बताएका छन् ।
पार्टीको विधानअनुसार केन्द्रीय अध्यक्षसहित एक संस्थाबाट तीन जना महासमिति व्यवस्था भए पनि त्यसो नगरिएको भन्दै यी ६ भुभेच्छुक संस्थाले आपत्ति जनाएका छन् ।
महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा शुरु भएको छ ।