स्थापना दिवसमा नाउपाद्वारा दीप प्रज्वलन
बिर्तामोड । नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । फागुन ३ गते दोस्रो स्थापना दिवसको अवसरमा बिर्तामोडको मुक्ति चोकमा दीप प्रज्वलन गरिएको हो ।
पार्टीलाई सशक्त र संगठित बनाउने शुभेच्छासहित दीप प्रज्वलन गरिएको केन्द्रीय सदस्य तथा प्रदेश १ का अध्यक्ष धनबहादुर पङ्धाकले बताए । उनीहरुले नाउपा जिन्दावाद जस्ता नारा लगाएका थिए ।
कार्यक्रममा केन्द्रीय पदाधिकारी सचिवालय सदस्य त्रिनारायण राजवंशी, केन्द्रिय सदस्य दुर्गादेवि लिम्बु, प्रदेश सचिव पदम चेन्जी माबो, प्रदेश सदस्य चन्द्रमाया लिम्बू, महाधिवेशन प्रतिनिधी श्याम राजवंशी (तेजनारायण), महाधिवेशन प्रतिनिधी विशाल साँबा लिम्बूलगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
पुष २६ देखि २८ गतेसम्म कैलालीको टिकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट रेशमलाल चौधरी अध्यक्ष बनेका छन् । चौधरी जेलमै छँदा आफु संरक्षक र श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए ।