२०८३ बैशाख २१ गते , सोमबार

जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १ गते , मंगलबार
जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन

चारआली २९औँ जनयुद्ध दिवसको पुर्वसन्ध्यामा नेकपा माओवादी केन्द्रले देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन गते ४० बुँदे माग राखेर जनयुद्ध सुरु गरेको उपलक्ष्यमा सोमबारसाँझ दीप प्रज्वलन गरेका हुन्

झापाको बिर्तामोड, काँकरभिट्टा, दमक चारआलीमा सोमबार साँझ नेपालको नक्सा बनाई दीप प्रज्वलन गरेका हुन् चारआलीमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन प्रदेश अध्यक्ष प्रेमप्रसाद पराजुलीले माओवादीको जनयुद्धपछि देशमा आमूल परिवर्तनको सम्भावना बढेको जनताले न्यायोचित माग पूरा हुने क्रममा रहेको बताए कार्यक्रममा मेचीनगरका अध्यक्ष राजन चिमरियाले देशको भौगोलिक संरचनाको अवस्था परिवर्तनसँगै जनताले सार्वभौम, स्वतन्त्र अधिकार पाएको बताए उनले जनयुद्ध २०६२÷०६३ को जनाआन्दोलन माओवादीले नै सफल बनाएकाले अब देशको आमूल परिवर्तन पनि माओवादीले नै गर्ने बताए कार्यक्रममा मेचीनगर१४ का वडाध्यक्ष बाबुलाल सुब्बालगायतले सम्बोधन गरेका थिए कार्यक्रम चन्द्र बर्देवाले संचालन गरेका थिए

सम्बन्धित समाचार