२०८३ बैशाख २१ गते , सोमबार

अखिल क्रान्तिकारीको बैठक सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० माघ २८ गते , आईतबार
अखिल क्रान्तिकारीको बैठक सम्पन्न

बिर्तामोड । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाको बैठक सम्पन्न भएको छ । शनिबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जन धमलाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा राजनैतिक परिवर्तनहरु गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्याय जस्ता उपलब्धीहरुको चर्चासहित उत्सवको रुपमा पालिका/क्याम्पस इकाई समितिले रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय भएको अध्यक्ष धमलाले जानकारी दिए । त्यस्तै फागुन १४ देखि २१ गतेसम्म मनाइने शहिद सप्ताहलाई भव्य बनाउन विभिन्न तहका समितिहरुले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने निर्णय भएको सचिव राजन चापागाईले जानकारी दिए ।

सम्बन्धित समाचार